तपाईँ सुन्दै हुनुहुन्छः

आज २८ सय २४ संक्रमित थपिए, ३६ सय २० संक्रमण मुक्त

काठमाडौं । आज कोरोना भाइरसबाट थप ३ हजार ६ सय २० जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयको आजको प्रेस विफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज थप ३ हजार ६ सय २० जना संक्रमण मुक्त भएको जानकारी दिनुभयो ।

यो संगै नेपालमा हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ ।

आज सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ७७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।

यसैगरी कोरोना भाइरसबाट आज थप २ हजार ८ सय २४ जना संक्रमित भएका छन् ।

आज १३ हजार २३ वटा नमूनाको पिसिआर परीक्षण गर्दा काठमाडौ उपत्यकामा १ हजार ६ सय २२ जना सहित देश भर बाट थप २ हजार ८ सय २४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो ।

आज थपिएका संक्रमित सहित नेपालमा हाल सम्म जम्मा १ लाख ७३ हजार ५ सय ६७ जनमा संक्रमण पुष्टि भइसकेको छ ।

नेपालमा आज ३७ हजार ७ सय ६५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये ३० हजार ९ सय ८६ जना होम आइसोलेसनमा रहेका छन भने बाँकी विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।

यस्तै कोरोना भाइरस संक्रमणबाट आज थप २३ जनाको मृत्यु भएको छ ।

यो संगै नेपालमा हाल सम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ सय ६० पुगेको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button