तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा १४ जनामा कोरोनाको संक्रमण

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका विभिन्न वडा तथा प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयका २ जना कर्मचारी गरेर धनुषामा १४ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नंं २ का वर्ष ५३ का एक जना पुरुष, वडा नंं ६ का वर्ष ५२ र ४३ का २ जना पुरुष, वडा नंं ७ का वर्ष ७० को १ जना पुरुष, वडा नंं ८ का वर्ष ६० का महिला र वर्ष ७० का एक जना पुरुषमा कोरोनाको संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयका बरिष्ठ चिकित्सक डा. कमलेश कुमार यादवले जानकारी दिनु भएको छ ।

यसैगरी वडा नंं ९ का वर्ष ५७ का १ महिला र वर्ष ६० का १ जना पुरुष, वडा नंं २१ देवपुराका वर्ष ३१ को पुरुष तथा वडा नखुलेका जनकपुरधामका ३२, ३६ र ५१ का तीन जना पुरुष तथा सामाजिक विकास मन्त्रालयका ३२ र ५० वर्षका कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

दशै पर्व सकिएसंगै सुरक्षा मापदण्ड नअपनाएर भिडभाडमा गएकाहरुमा कोरोनाको संक्रमण देखिन थालेको छ । प्रदेश नंं २ का सरकारले लक्ष्ण भएकाहरुको कोरोनाको परीक्षण गर्ने कामकाज गरिरहेका कारणले पछिल्लो संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो पटक कोरोनाको संक्रमण पुष्टि भएपछि कोरोनावाट जोगिनका लागि आवश्यक सुरक्षा सावधानीहरु अपनाउनु पर्ने अवस्था रहेको प्रादेशिक अस्पताल जनकपुरधामद्वारा सञ्चालित कोरोना विषेश अस्पतालका कोर्डिनेटर डा. जामुन प्रसाद सिंहले जानकारी दिनुभयो ।

यसैगरी प्रदेश नंं २ का अन्य जिल्लामा पनि २० जनामा कोरोनाको संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमितहरु मध्ये अधिकांश संक्रमितहरु होम आईसोलेशनमा उपचारमा रहेको पनि सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button