तीन लाखभन्दा बढी नगदसहित जुवा खेल्दै गरेका पाँच जना पक्राउ

तुलसीपुर । दाङमा तीन लाखभन्दा बढी नगदसहित पाँच जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन् ।
उनिहरुलाई घोराही उपमहानगरपालिका वडा नम्वर १८ नवलपुरस्थित बसन्ता रावतको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले तीन लाख २३ हजार ६० रुपैयाँ नगद र तासका गड्डीहरु बरामद गरेको छ ।
पक्राउ पर्नेहरुमा घोराही १० बस्ने २६ बर्षीय अनिल कुमार थापा, सोही ठाउँका २५ बर्षीय केशब डाँगी, २६ बर्षीय कमल रावत , घोराही– १५ का २७ बर्षीय बसन्त भण्डारी र घोराही १८ बस्ने ३६ बर्षीय धर्म ज्ञवाली रहेको प्रहरी उपरीक्षक चन्दले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरु माथी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्