तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल पत्रकार महासंघ झापाका अध्यक्षसहित तीन जना पत्रकारमा कोरोना सङक्रमण पुष्टि

भद्रपुर, झापा । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

अध्यक्ष सापकोटाको शुक्रबार रिपोर्ट पोजेटिभ आएको हो । केहीदिन यता ज्वरो आउने, जीउ र टाउको दुख्नेलगायतका लक्षण देखिएपछि अध्यक्ष सापकोटाले पीसीआर परीक्षण गराएउनु भएको थियो ।

कोरोनाजस्तो लक्षण देखिएपछि एक सातादेखि झापाको शिवसताक्षी– ७ चन्द्रडाँगीस्थित मूल घरमा आइसोलेसनमा बस्नुभएका अध्यक्ष सापकोटाको स्वास्थ्य अवस्था सामान्य रहेको परिवारले जानकारी दिएको छ ।

यसैगरी कान्तिपुर टेलिभिजनका झापा सम्वाददाता गणेशमान मुखियालाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

तीन दिनअघि पत्रकार मुखियालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि भएपछि मुखिया होम आइसोलेसनमा हुनुहुन्छ भने स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ ।

यस्तै, पत्रकार लोकनाथ रिजाललाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघ झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button