एटिएम तोडफोड गर्न खोज्ने एक युवक पक्राउ

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ ट्राफिक चोकस्थित पृथ्वी राजमार्ग सडक किनारामा रहेको माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गर्न खोज्ने एक व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरटाढीका १९ वर्षीय किरण बाँनिया रहेको जिल्ला प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
‘एटिएम बक्स तोडफोड गरी पैसा लुट्ने योजनाको साथ एटिएमको पिनहरु स्क्रुपको सहायताले खोल्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको हो’ उहाँले भन्नुभयो, ‘पछि युवकको शरिर खानतलासी लिँदा उसले बोकेको झोला भित्र नाइट्राजिपामको १३५ ट्याब्लेट लागुऔषध बरामद भएको हो ।’
साथै युवकले प्रयोग गरेको ग११प ९९६५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिई थप अनुसन्धन भइरहेको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्