रुपन्देहीमा कोरोना सङ्क्रमित ६ हजार नाघे

रुपन्देही । रुपन्देही जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार नाघेको छ ।
हालसम्म ३ हजार ८ सय ९७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने २ हजार ५५ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ । अहिलेसम्म संक्रमणबाट ७१ जनाको मृत्यु भएको छ ।
बुधबार र बिहीबार दुई दिनमा रूपन्देही जिल्लामा १ सय ५ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६ हजार २३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्