तपाईँ सुन्दै हुनुहुन्छः

फ्रान्समा फेरि लकडाउन 

पेरिस । फ्रान्सका राष्ट्रपति इमानूयल माक्रोनले आगामी नोभेम्बर महिनाको अन्त्य सम्मका लागि दोस्रो पटक राष्ट्रिय लकडाउन घोषणा गर्नु भएको छ ।

शुक्रबारबाट सुरु हुने लकडाउनमा मानिसहरुलाई अत्यावश्यक काम र स्वास्थ्य उपचारका लागि मात्र घर बाहिर निस्कन दिइने  राष्ट्रपति माक्रोनले बताउनु भएको छ ।

रेष्टूरेन्ट, बार ,जिम सिनेमा घर लगायतका स्थानहरु बन्द रहेपनि लकडाउनमा विद्यालय र कारखाना भने खुल्ला रहने छन् ।

फ्रान्समा गत अप्रिल पछि सबै भन्दा धेरै कोरोना संक्रमित देखिन थालेको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button