दशैंपछिको पहिलो दिन नेप्सेमा सुधार
काठमाडौं । दशैंपछिको पहिलो दिन शेयर बजारको कारोबार सूचक नेप्सेमा सुधार आएको छ । बुधबारको कारोबारमा बैंकिङ्ग क्षेत्रमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्सेमा सुधार भएको हो ।
दशैंअघि बुलिस ट्रेन्डमा १६ सय विन्दुमाथि पुगेर बन्द भएको नेप्सेलाई दशैंपछिको पहिलो दिनको कारोबारले पनि साथ दिएको छ ।
बुधबार नेप्से परिसूचक दोहोरो अंक बढेर १६४७.४६ विन्दुमा पुगेको छ । नेप्से सुचक २.५७ प्रतिशत अर्थात ४१.२० अंकले बढेको हो ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यस दिन १८८ कम्पनीको ४२ हजार ६१८ पटकको कारोबारमा २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार रुपैयाँमा ९३ लाख २२ हजार ८५ कित्ता शेयरहरुको किनबेच भएको छ ।
सूचीकृत कम्पनीहरुले लाभांश घोषण गरेका कारण पनि बजार सुधारमा टेवा पुगेको हो । बुधबार व्यापार समुहको सुचक बाहेक सबै सूचकमा सुधार आएको छ । बुधबार कारोबारमा आएका तीन कम्पनीहरुको शेयरमुल्यमा पोजेटिभ सर्किट लगेको छ ।








प्रतिक्रिया राख्नुहोस्