तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा ५ जुवाडे पक्राउ

धनगढी  । कैलालीमा प्रहरीले करिब सवा दुई लाख नगद सहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । गाैरीगंगा नगरपालिका ६ मा जुवा तास खेलिरहेको अवस्थामा दुई लाख २३ हजार ५ सय नगद सहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर राेकायले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा भक्त शाही, रङ्ग साउद, डम्बर शाही, रामबहादुर साउद र वीरबहादुर साउद रहेको उहाँले बत्ताउनुभयो ।
स्थानीय कृष्ण खड्काकाे कुखुरा फर्म भित्र जुवातास भइरहेको सूचनाका आधारमा खटिगएकाे प्रहरीले टोलीले गएराती उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button