सजग भएर कारोवार गर्न विभागको आग्रह
काठमाडौं । वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले कोरोनाको महामारीप्रति सजग भइ बजारमा किनमेल गर्न र किनमेल गर्दा वस्तुको गाुणस्तर तथा मुल्य लगायतका विषयमा सजग भएर कारोवार गर्न उपभोक्तासंग आग्रह गरेको छ ।
दशैं, तिहार छठ लगायतका चाडबाडलाई ध्यानमा राखि विभागले काठमाडौ लगायत देशैभर बजारको अनुगमनको व्यवस्था गरेको जनाएको छ ।
विभागले पछिल्लो समय काठमाडौमा निगरानी समूहको गठन गरी उपभोक्ताहरुको गुनासो, उजुरी तथा सूचनाहरुको आधारमा तत्कालै परिचालन हुने व्यवस्था गरिएको विभागका महानिर्देशक नेत्र सुवेदीले बताउनु भयो ।
विभागले फुलपाती अघिसम्म काठमाडौमा मात्र विभिन्न ५ वटा टोलीले बजार अनुगमन गरेकोमा हाल त्यसलाई छोट्याएर निगारनी समुहलाई परिचालन गरेको जनाएको छ ।
पछिल्लो समय विभागले काठमाण्डौको बजारमा मिठाइ पसलहरुको अनुगमन गर िकतिपयलाई कार्वाही समेत गरेको र हाल यातायातका साधनहरुको अनुगमनलाई विशेष ध्यान दिएको पनि जनाएको छ ।
विभागका महानिर्देशक सुवेदीले चाडवाडको समयमा जिम्मेवार भएर उपभोक्तालाई सेवा दिन व्यवसायीहरुलाई र कोभिडको संक्रमणप्रति सचेतता अपनाउदै किनमेल गर्न अपभोक्तालाई आग्रह गरेको पनि बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्