चौरसियाको हत्या विरुद्ध जिल्ला प्रहरी कार्यालय घेराउ

वीरगञ्ज । नेकपा पर्साका जिल्ला सदस्य एवं बिन्दबासीनी गाउकमिटीका सदस्य मुकेश चौरसिया लाई शपथ ग्रहण कार्यक्रममा आक्रमण गरी हत्या गर्ने विरुद्ध पर्सा प्रहरीले हालसम्म मुद्दा दर्ता नगरेको भन्दै सयौं नेकपाका कार्यकर्ता जिल्ला प्रहरी कार्यालय घेराउ गरी आन्देलनमा उत्रिएका छन ।
आन्देलनमा उत्रिएका नेकपाका कार्यकर्ताहरुले धर्नापछि चक्काजाम र अहिले बिरोधसभाको आयोजना गरेका छन । मृतक चौरसियाको परिवारजनले तयार पारेको किटानी जाहेरीमा नाम हेरफेर गर्नु पर्ने भन्दै पर्सा प्रहरीले जाहेरी लिन आनाकानी गरेपछि घटना थप पेचिलो बन्दै गएको छ ।
मृतक परिवारले तयार पारेको जाहेरी हुबहु लिनु पर्ने भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा नेकपाका नेता तथा कार्यकर्ता धर्नामा बसेका छन् । पर्सा प्रहरी भने केही नामहरुलाई हटाएर मुद्दा दर्ता गर्ने पक्ष रहेको स्रोतको दाबी छ ।
नेकपाका नेता मातृका प्रसाद यादव हिजो जिल्ला प्रहरी कार्यालयमा पुगेर घटनाको विषयमा प्रहरी उपरीक्षक गंगा पन्तसँग छलफल गर्नुभएको थियो । तर हालसम्म पनि प्रहरीले मुद्दा दर्ता गरेकोे छैन । नेता मातृका यादव र सुरेन्द्र पाण्डे आजपनी घटनाकै सन्दर्भमा वीरगन्जमै रहेको नेकपाका पर्सा सचिव विजय महतोले बताउनुभयो ।

महतोले अहिले पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक मुद्धा दर्ताका लागी ल्याइएका किटानी जाहेरीका केही नामलाई तलमाथि गर्नुपर्ने भन्दै मुद्दा दर्ता गर्न हिच्किचाएको बताउनुभयो ।
अहिले पनि जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि दुई सयको हाराहारीमा नेकपाका नेता तथा कार्यकर्ताहरु जम्मा रहेको बताउदंै महतोले मुद्दा दर्ता नभएसम्म धर्ना जारी रहने बताउनुभयो ।
पार्टी समायोजन प्रक्रिया अघि बढे सँगै यसअघि भएका केही स्थानीय तहका कमिटीको शपथ ग्रहण पनि विवादित भएको थियो । तर असन्तुष्टिलाई सम्बोधन गरेर पाटीै भित्र उत्पन्न बिवादको समाधान गर्न जिल्ला नेतृत्व असफल बनेकै कारण अहिलेको अवस्था र्सिजना भएको कार्यकर्ताहरुले बताएका छन ।
यता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोजित कुवरले आधा दर्जनभन्दा बढी नेतामाथी जाहेरी रहेको उल्लेख गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी , प्रहरी उपरीक्षक र पार्टीका नेताहरु बिच छलफल पछि जाहेरी दर्ता हुने, नहुने निष्कर्ष निस्कने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्