तपाईँ सुन्दै हुनुहुन्छः

न्याय नपाएका द्वन्द्वपीडित महिलाहरुमा मनोसामाजिक समस्या

बाँके । लामो समयदेखि न्याय नपाएका द्वन्द्व प्रभावित महिलाहरुलाई मनोसामाजिक समस्याले सताउने गरेको एक कार्यक्रममा सहभागी द्वन्द्वपीडित महिलाहरुले बताएका छन् ।

न्यायको लागी द्वन्द्वपीडित समाज संगको सहकार्यमा एडभोकेसी फोरमले बेपत्ता पारिएका ब्यक्तिका परिवारलाई लक्षित गरी नेपालगंजमा आयोजना गरेको दुई दिने मनोसामाजिक सहयोग तथा अभिलेखिकरण तालिम कार्यक्रममा सहभागीहरुले बेपत्ता आफन्तको जिउँदो मर्दो अवस्थामा थाहा नपाउँदा रातदिनको मानसिक पीडाका साथै मनोसामाजिक समस्या रहेका बताउनुभएको हो ।

पीडितहरुलाई सशक्तिकरण गराउने, उनीहरुलाई आफ्नो अधिकारबारे जानकारी गराइ न्यायमा पहुँच पुर्याउन सहयोग गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो । बेपत्ता परिवारका सदस्यलाई मनोसामाजिक सहयोग र बेपत्ता घटनाको अभिलेखिकरण गर्न सक्षम बनाउने र अभिलेखित घटनालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा वकालत गर्ने उदेश्यले तालिमको आयोजना गरिएको तालिमका सहजकर्ता समेत रहेका एडभोकेसी फोरम नेपालगंजका संयोजक बसन्त गौतमले जानकारी दिनुभयो ।

तालिमबाट पीडितहरुको क्षमता बिकाश, सशक्तीकरण गराई मनोसामाजिक परामर्शका साथै बेपत्ताका साथै मानव अधिकार उल्लघंनका घटनाको राम्रो दस्तावेजिकरण गर्न सक्षम बनाउने उदेश्यले तालिमको आयोजना गरिएको गौतमले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button