बजार अनुगमनमा निरन्तरता, कालोबजारी गर्नेलाई कारवाहीको चेतावनी
बाँके । बाँकेस्थित संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमनको कार्यलाई निरन्तरता दिएको छ ।
चाडवाडमा खरिदारी बढी हुने र यसै समयमा उपभोक्ता ठगिका घटना हुन सक्ने कुरालाई मध्यनजर राख्दै बजार अनुगमनलाई तिब्रता दिईएको अनुगमनमा संलग्न जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत हरिशचन्द्र शर्माले बताउनुभयो ।
चाडवाडमा म्याद नाघेका, लेबलिङ्ग र प्याकेजिङ्ग नगरिएका, गुणस्तरहिन खाद्य बस्तुहरु बिक्रि बितरण हुने कुरालाई मध्यनजर राख्दै अनुगमनको कार्यलाई निरन्तरता दिइएको उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष वसन्त गौतमले बताउनुभयो ।
संयुक्त बजार अनुगमनल टोलीले कोहलपुर नगरपालिका क्षेत्रभित्र पर्ने घरेलु तथा साना उद्योग कार्यालय, बांकेमा दर्ता भएका उद्योगहरुको अनुगमन गरेको थियो । घरेलु तथा साना उद्योग कार्यालयको संयोजनमा भएको अनुगमनमा उद्योगको अवस्था, उत्पादित खाद्य बस्तु, यसको गुणस्तर कानूनी प्रक्रिया पुरा गरे नगरेको बिषयमा हेरिएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख जयराम थारुले जानकारी दिनुभयो ।
संयुक्त अनुगमन टोलीले हुलास खाद्य उद्योग प्रा.लि., गंगा खाद्य उद्योग, जय भगवती चिउरा तथा भुजा उद्योग लगायतका उद्योगहरुको अनुगमन गरेको जनाएको छ ।
त्यसक्रममा खाद्य स्वच्छता र गुणस्तरता कायम राख्न, उद्योगको सरसफाईमा ध्यान दिन, उत्पादित बस्तुको लेवबिङ्ग र प्याकेजिङ्गमा ध्यान दिन निर्देशन र त्यस्तो नगरे कारवाही गरिने जानकारी दिईएको अनुगमन टोलीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्