तपाईँ सुन्दै हुनुहुन्छः

कृषिबाट मनग्य आम्दानी

रुपन्देही । लगानी अनुसारको प्रतिफल पाउन थालेपछि रुपन्देहीमा युवापिंढी व्यवसायिक कृषिमा लाग्न थालेका छन् । आधुनिक प्रविधिको प्रयोग गरी यहाँका युवाले बाख्रा, कुखुरा, माछापालनबाट राम्रो आम्दानी र रोजगारीको सृजना गर्न थालेका हुन् ।

रुपन्देहीको सैनामैना ४ मा सैनामैना कृषि उद्योगमार्फत प्रेमसागर र ज्ञानकुमारी पौडेलले संचालन गरेको व्यवसायिक बाख्रापालन यो क्षेत्रको नमुना बनेको छ । दुवै जनाले एमए पास गरेपछि आठ वर्षदेखि सुरु भएको व्यवसायिक बाख्रापालनबाट अहिले वार्षिक एक करोडको कारोबार हुन थालेको छ ।

शुद्धोधन गाउंपालिका वडा नं ३, को वडाअध्यक्ष समेत रहनुभएका युवा हेमबहादुर खड्का व्यवसायिक कृषिमा होमिनुभएको छ । फर्साटिकर एग्रो एण्ड रिसर्च सेन्टर प्रा.लि. खोलेर अध्यक्ष खड्कासहित तीन जनाले २ हजार लोकल कखुरा, ७ सय चाइनिज हांस, ४ वटा पोखरीमा २५ हजार माछाका भूरा, विभिन्न जातका ८० वटा बाख्रा पालिरहनुभएको छ ।

शुद्धोधनकै युवा सन्दीप खनालले एसके गट फार्ममार्फत् व्यवसायिक बाख्रापालन गरिरहनुभएको छ । सफ्टवेयर कम्पनीको जागिर छाडेर बाख्रापालनमा होमिनुभएका खनालको फार्म युवाका लागि प्रेरणाको स्रोत हो । खनालले व्यवसायिक रुपमा ४ सय बढी बाख्रापालन गर्दै आएका छन् ।

युवाहरु रोजगारका निम्ति विदेशीरहेको समयमा व्यवसायिक कृषिमा युवाहरुको प्रवेशले सकारात्मक सन्देश दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button