तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा थप २ सङ्क्रमितको मृत्यु 

रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको पँधेरीका ३८ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पतालमा गए राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिनुभएको छ ।
कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना हुनुभएका तिलोत्तमाका पुरुषको राति १२ बजे मृत्यु भएको हो भने यस्तै असोज २२ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना हुनुभएका अर्घाखाँचीका पुरुषको बुधवार राति साढे ९ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button