संक्रमित स्वास्थ्यकर्मीलाई थप उपचारका लागि काठमाडौँ पठाइयो
जुम्ला । गोरखा जिल्ला स्थायी ठेगाना भएका जुम्लामा कार्यरत ४० वर्षीय मानसिक विशषज्ञ पुरुष डाक्टरलाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना संक्रमित स्वास्थ्यकर्मीको उपचार सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको प्रतिष्ठानले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार एकजना विशषज्ञ डाक्टरलाई कोरोना संक्रमण भएपछि प्रतिष्ठानको आइसोलेसनमा राखेर उपचार भई रहेको थियो ।
उहाँले भन्नुभयो,“संक्रमित डाक्टरलाई लामो समयसम्म निको भएन । लक्षण पनि देखिएको थियो । जुम्लामा उनलाई समस्या हुने देखिएपछि थप उपचारका लागि सोमबार विहान हेलिकप्टर मार्फत काठमाडौँ पठाएको हो ।” संक्रमित डाक्टरको हाल टिचिङ अस्पतालमा उपचार भईरहेको छ ।
जुम्लामा कोरोना संक्रमण देखिएको ८ महिना भएपनि अहिलेसम्म जटिल प्रकृतिका संक्रमित भेटएका थिएनन । लामो समयको अन्तरालपछि जुम्लामा पहिलो पटक जटिल खालको कोरोना संक्रमण स्वास्थ्यकर्मीमा देखिएपछि काठमाडौँ रिफर गरिएको सहायक प्रजिअ देवकोटाले बताए ।
जुम्लामा दशै लक्षित भिडभाड र जमघट बढ्दै गएकाले संक्रमणको खतरा बढेको छ । नागरिक आफैंले स्वास्थ्यका मापदण्ड अपनाएर सुरक्षित हुनुको विकल्प नरहेको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्