तपाईँ सुन्दै हुनुहुन्छः

गड्डाचौकीबाट लक्ष्य भन्दा १९ प्रतिशत बढी राजस्व संकलन

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा लक्ष्य भन्दा १९ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको श्रावण देखि असोज मसान्त सम्मको कुल लक्ष्य ६ करोड ८६ लाख राखिएकोमा सो अवधिमा ८ करोड ८२ लाख राजस्व उठेको जुन लक्ष्य भन्दा १९ प्रतिशत वढि भएकोे गड्डाचौकी भन्सार कार्यालय निमित्त प्रमुख भन्सार अधिकृत नकुल शर्माले वताउनभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button