बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी खुला
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी खुला भएको छ ।
कोरोना महामारीका कारण लामो समयदेखि बन्द पर्यटकीय क्षेत्र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर घुम्न पाइने गरी खुला गरिएको हो ।
निकुञ्ज क्षेत्र गत चैत ७ गतेदेखि बाह्य तथा आन्तरिक पर्यटकका लागि बन्द रहेको थियो ।
सवारी साधनबाट यात्राका लागि भने सिट क्षमताको बढीमा ६० प्रतिशत मात्र पर्यटक राख्न पाइने र पैदल यात्राका लागि एक पटकमा पथप्रदर्शकसहित चार पर्यटक मात्र प्रवेश गर्न पाइने निकुञ्जका सहायक संरक्षण अधिकृत महेश्वरप्रसाद निरौलाले बताउनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्यटक लक्षित २९ वटा सुविधा सम्पन्न होटल तथा रिसोर्ट रहेका छन् भने ती होटल तथा रिसोर्टहरूमा तीन अर्ब ५० करोडभन्दा बढीको लगानी भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्