जरिवानाबाट ट्राफिक प्रहरीले उठायो साँढे १६ लाख राजस्व
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा नियम विपरित चल्ने विभिन्न यातायातका साधनमाथिको जरिवानाबाट १६ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
बन्दाबन्दी खुलेसंगै गत असोज २ गतेदेखि यता एक महिनाको बीचमा मापदण्ड विपरीत चलेका विभिन्न १७ हजार यातायातका साधन कारवाहीमा परेका जिल्ला प्रहरी प्रमुख वसन्त पाठकले जानकारी दिनुभयो ।
ट्राफिक नियमको परिपालना र त्यसको कार्यान्वयनसंगै प्रहरीले दशैं, तिहार र छट पर्वको अवसरमा सर्वसाधारणको सहजताका लागि जिल्लाका विभिन्न ठाउँमा सहायता कक्ष सञ्चालन गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्