डेढ लाख नगदसहित पाँच जुवाडे पक्राउ
दाङ । दाङमा झन्डै डेढ लाख रुपैया नगदसहित पाँच जना जुवाडे पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका १५ जनकल्याण टोल स्थित ३० वर्षीय प्रविण खत्रीको घरबाट शनिवार राती ९ बजे उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा नगदसहित पक्राउ गरीएको हो ।
पक्राउ परेकाहरुको साथबाट १ लाख ३७ हजार ९ सय ४० रुपैयाँ नगद र दश गड्डी तास समेत बरामद गरिएको डिएसपी सुमित खड्काले जानकारी दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्