तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको पछिलो परीक्षणको क्रममा बारा र पर्सामा २१ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा पर्सा र बाराका विभिन्न स्थानबाट ल्याइएको ९६ जनाको थ्रोट स्वाबलाई परीक्षण गर्दा ५ महिलासहित थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रबक्ता डाक्टर अतुलेश कुमार चौरसियाले बताउनुभयो ।

संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै पर्साका बासिन्दा रहेका छन् । पर्साका ८८ जनाको थ्रोट स्वाबको नमुनालाई पीसीआर प्रविधि मार्फत परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ मा तिन, वडा नम्बर ५ मा दुई, र वडा नम्बर ४ मा एक जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ मा तीन जना र वडा नम्बर ५ मा दुई जना संक्रमित थपिएको डाक्टर चौरसियाले बताउनुभयो । उहाँले पर्सागढी नगरपालिका वडा नम्बर २ मा एक, ठोरी गाउँपालिकामा एक र जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरपालिका वडा नम्बर १० र २३ मा एक÷एक जना संक्रमित भेटिएको बताउनुभयो ।

उता बारा जिल्लामा ८ जनाको थ्रोट स्वाब परीक्षण हुँदा ५ जना संक्रमित भेटिएका छन् । बाराको कोल्भी नगरपालिका वडा नम्बर १ र ११ मा एक÷एक जना, कलैया उपमहानगरपालिका वडा नम्बर ६ र ९ मा एक÷एक जना र पिलुवा बाराका एक जनामा संक्रमण पुष्टि भएको डाक्टर चौरसियाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button