बिराटमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

सुनसरी । मोरङको बूढीगंगा गाउँपालिका ३ का कोरोना संक्रमित पुरुषको मंगलबार राती मृत्यु भएको छ ।
बुढीगङ्गास्थित विराट मेडिकल कलेजको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मृत्यु भएको कलेजका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिनुभयो ।
असोज १५ गते कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरिएका उनमा श्वासप्रश्वास र मिर्गौला सम्बन्धी पुरानै समस्या थियो ।








प्रतिक्रिया राख्नुहोस्