तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य

पोखरा । गण्डकी प्रदेश सभाको वर्षे अधिवेशन आज राति १२ बजेबाट अन्त्य भएको छ ।

गण्डकी प्रदेश सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले वर्षे अधिवेशन अन्त्य भएको पत्र संसद सचिवालयमा पठाउनुभएको थियो र सभामुख नेत्रनाथ अधिकारीले सभामा वर्षे अधिवेशन अन्त्य भएको पत्र पढेर सुनाउनुभएको थियो । प्रदेश सभाको चालु अधिवेशन जेठ ११ गते सुरु भएको थियो ।

वर्षे अधिवेशनमा ६२ वटा बैठक बसेको र सोमबार समेत गरी १४ वटा विधेयक पारित भएका छन् । कोभिड महामारीका कारण नदीपुरमा रहेको प्रदेशसभाको हल साँघुरो भएकाले पोखरा सभागृहमा संसद बैठक सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button