तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा एकैदिन ४ जना कोरोना संक्रमितको मृत्यु

file photo

भक्तपुर । भक्तपुरमा आज एकैदिन ४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार आरोग्य अस्पताल मध्यपुर थिमिमा एकजना, केएमसी अस्पतालमा एकजना, राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक र होम आइसोलेसनमा बसेका एक गरी ४ जनाको मृत्यु भएको हो ।

आरोग्य अस्पताल मध्यपुर थिमिमा उपचाररत दमका रोगी काठमाडौं स्वयम्भूका ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ती पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेका भक्तपुर नगरपालिका–२ ब्यासीका ९० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको छ ।

श्वास–प्रश्वासमा समस्या देखिएपछि केएमसी अस्पतालमा उपचाररत भक्तपुर नगरपालिका–१० कमलविनायककी ४५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । ती महिलामा सोमबार कोरोना संक्रमण पुष्टि भएको र आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचारत मिर्गौला पीडित महोत्तरी पिपरा गाउँपालिका–५ का २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button