बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी

बैतडी – बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी गरिएको छ । गाउँपालिको केन्द्रका बिषयमा बिवाद हुदाँ स्थानियबासिले सोमबार साँझदेखि तालाबन्दी गरेका हुन् ।गाउँपालिकाको अस्थाई केन्द्र रहेको ठाउँ रौलेश्वर कठ्यागौँडाबाट पविता भन्ने ठाउँमा केन्द्र सार्ने चलखेल भएको भन्दै तालाबन्दी गरिएको स्थानिय नरेन्द्र बिष्टले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘यहाँका स्थानियबासिले बिगतदेखि अस्थाई केन्द्र भएकै ठाउँमा स्थाई केन्द्र बनाउनुपर्ने माग राखेकाछन्, तर गाउँपालिका अध्यक्षले जबरजस्ती रुपमा केन्द्र सार्न खोजेको भन्दै तालाबन्दी गरिएको हो ।
बिगत डेडबर्ष अघि सर्वोच्चमा अदालतमा मुद्धा समेत दायर गरिएकोमा अदालतले अहिले केन्द्रबारे केहि निर्णय नगर्ने भनेर अन्तरिम आदेश जारी गर्दा समेत गाउँपालिकाको केन्द्र सार्न खोजिनु यहाँका स्थानियबासिको आपत्ति छ ।’
बिगतमा राज्य पुर्नसंरचना आयोगले अहिले अस्थाई केन्द्र रहेकै ठाउँमा केन्द्र तोकेको भन्दै स्थानियबासिले २९ रोपनि जग्गाको लालपुर्जा समेत गाउँपालिकामा बुझाएकाले कठ्यागौडाँमै केन्द्र हुनुपर्ने आन्दोलन कर्ताहरुको माग छ ।
अहिले तत्कालै आफुहको माग सम्बोधन नभएमा कडा आन्दोलनमा उत्रिने उनिहरुले बताएकाछन् । स्थानिय अर्जुन मडैको संयोजकत्वमा गठित गाउँपालिका केन्द्र संघर्ष समितिले बिगतदेखि आन्दोलनका कार्यक्रम गरिरहेको छ । राज्य पुनरसंरचना आयोगले सुर्नया गाँउपालिका ५ कै रौलेश्वरमा केन्द्र तोकेको र सोहि अनुसार हुनुपर्ने भन्दै सोमबार गाँउपालिकालाई दवाब स्वरुप निबेदन दर्ता गराएका छन् ।
उसोत सुर्नया गाउँपालिका कार्यपालिकाको २०७६ पुष ९ गतेको बैठकले गाँउपालिकाको केन्द्र पविता तोक्ने निर्णय गरेको थियो । उक्त निर्णयका बिरुद्धमा रौलेश्वरमा केन्द्र हुनुपर्ने भनिरहेको पक्षले बिरोध गर्दै आएको छ ।
रौलेश्वरमा गाँउपालिकाको कार्यालय सञ्चालनको लागि आवस्यक भवन निर्माणदेखि अन्य संरचना निर्माण भइरहेको अवस्थामा वडा नं ५ कै पवितामा रहेको बिद्यालयको सार्बजनिक भवनमा गाँउपालिकाको केन्द्र स्थापना गर्ने चलखेल पुरा हुन नदिने गाँउपालिका केन्द्र संघर्ष समितिका संयोजक जानकारी दिनुभयो ।
यता गाउँपालिकाले भने कार्यापालिकाले तोकेकै ठाउँ पवितामा केन्द्र राखिने जनाएको छ । गाउँसभाले निर्णय गरिसकेकाले उक्त निर्णय फेरबदल नहुँने सुर्नया ४ का वडाअध्यक्ष दिनेश प्रसाद भट्टले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्