तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्व लक्षित सुरक्षा योजना बनाएर कार्यान्वयन

बैतडी । बैतडी प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर कार्यान्वयन गरेको छ ।

चाडपर्वमा हुन सक्ने विभिन्न खालका अपराधहरुलाई नियन्त्रण गर्नका लागि प्रहरीले सुरक्षा योजना बनाएर काम गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

चाडपर्वको बेला हुन सक्ने अपराधलाई नियन्त्रणका लागि जिल्लाभरी सादा पोशाकका प्रहरी परिचालन गरिएका छन् ।

१३ ठाउँमा नागरिक सहायता कक्ष र प्रहरी सहायता कक्ष सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

यस्तै अवैध रुपमा हुने मदिराको विक्रि वितरण र सेवनमा रोक लगाउने, जुवातास पूर्णरुपमा निषेध गर्ने कुरा प्रहरीको सुरक्षा योजनामा समेटिएको छ ।

यस्तै मातहतका प्रहरी चौकीहरुलाई स्थानीयस्तरको आवश्यकता अनुसार प्रहरी परिचालन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

यस्तै दशैंको बेला हुन सक्ने सबै प्रकारका जात्राहरुमा रोक लगाउने, कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि भीडभाड हुने खालका कार्यक्रम गर्न नदिने कुरा पनि प्रहरीको सुरक्षा योजनामा समेटिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button