तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा थप एक जना काेराेना सङ्क्रमित पुरुषकाे मृत्यु

धनगढी  – कैलालीमा थप एक जना काेराेना सङ्क्रमित  पुरुषकाे मृत्यु भएकाे छ ।
सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा धनगढी उपमहानगरपालिका-३ का काेराेना सङ्क्रमित ५२ बर्षिय पुरुषकाे मृत्यु भएकाे अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयाे ।
असाेज २० गते काेराेना सङ्क्रमण पुष्टी भएका ती पुरुष श्वासप्रश्वासमा समस्या भएपछि असाेज २३ गते अस्पताल भर्ना भएका थिए ।
याेसँगै कैलालीमा काेराेना सङ्क्रमणपछि मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button