वीरगञ्जमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज । बीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसिआर परिक्षणको क्रममा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पर्सा बारा र सप्तरीकाका विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको ९६ जनाको स्वाबको नमुनालाई परीक्षण गर्दा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले बताउनभयो ।
सङ्क्रमितहरुमध्ये १३ जना पुरुष र चार जना महिला रहेका छन् । पर्साका १० जना, बाराका पाँच जना र सप्तरीका दुई जना गरी १७ जना थपिएको प्रवक्ता डा. चौरसियाले बताउनुभयो ।
थपिएकामध्ये तीन जना बीरगन्जस्थित सिद्धाथ बैंकका कर्मचारी हुन् भने एक जना रामपुर टोकनीमा रहेको एसबीआई बैंकका कर्मचारी हुन् ।
त्यस्तै, बीरगन्ज महानगरको वडा नं. १, २, ४ , ११ र १३ का एक÷ एक जनामा र पर्साको पोखरिया नगरपालिकाको वडा नं. २ का एक जनामा सङ्क्रमण देखिएको छ ।
यसैबिच बारामा थपिएका सङ्क्रमितमध्यै सबैभन्दा बढी कलैया उपमहानगरपालिकाका छन् । कलैया उपमहानगरको वडा नं.४, १३, १४, र १८ का एक/एक जना सङ्क्रमित भएका छन् । त्यस्तै जीतपुर सिमराका एक जनामा पनि कोरोना सङ्क्रमण देखिएको छ ।
उता सप्तरीको कन्चनरुप नगरपालिका वडा नं. ८ का दुई जनामा पनि कोोना सङ्क्रमण देखिएको छ । थपिएका सङ्क्रमितहरु ७ वर्षदेखि ६५ वर्ष उमेर समुहका रहेका छन् । उनीहरुको सिटी भ्यालु १९ देखि ३४ सम्म रहेको डा. चौरसियाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्