तपाईँ सुन्दै हुनुहुन्छः

दशैंमा पिङ खेल्न प्रतिबन्ध !

ओखलढुंगा- ओखलढुंगाको सुनकोशी गाउँपालिकाले यसवर्ष पिङमा प्रतिबन्ध लगाएको छ । गाउँ कार्यपालिकाको बैठकले दशैं दिपावलीमा पिङ खेल्ने चलनलाई निरन्तरता दिँदा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै पिङमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

नेपालीहरुले महान पर्वमा  दशैं, दिपावली जस्ता पर्व यसवर्ष कोरोना भाइरसका कारण जोखिमयुक्त बनेकाले पर्वमा नाममा पिङ, मेला, भेला सहितका जमघट हुने कार्यक्रम गर्न नदिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताउनुभयो । शुभकामना आदान प्रदान, खेलकुद, मनोरञ्जनलगायतका सार्वजनिक कार्यक्रम समेत बन्देज गरिने उहाँको भनाई छ ।

पर्वमा समयमा हुने असाबधानीका कारण स्वास्थ्यमा समस्या आउन सक्ने र रोगको जोखिम बढ्न सक्ने भन्दै टोल टोलमा सतर्कता सन्देश प्रवाह गर्ने कार्यपालकिा बैठकले निर्णय गरेको छ । सचेतनाका अभियानमा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयं सेविका, कर्मचारी, स्थानीय युवा तथा सरोकारवालालाई परिचालन गरिने छ ।

पर्व मनाउन शहरबाट गाउँ फर्किनेहरुका कारण कोरोनाको संक्रमण फैलन सक्ने भएकाले अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्न गाउँपालिकाले सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button