तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर अस्पतालमा वेवारिसे कोरोना संक्रमित महिलाको मृत्यु

चितवन । भरतपुर अस्पतालमा वेवारिसे एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

चितवन बस्दै आएकी ४० बर्षीया ती महिलाको आज सांँझ ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ,

पौडेलका अनुसार असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भएकी महिला अस्पतालमा भर्ना भएकी थिइन् भने १९ गते उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको स्वास्थ्य अवस्था जटिल भएपछि सोही दिनबाट कोभिड आइसियु कक्षमा उपचार हुदै आएको थियो । उनको अल्कोहल लिभर डिजिज, कोभिड निमोनिया र सेप्सीसको कारण मृत्यु भएको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button