गोठमा आगलागी हुँदा लाखौँको क्षति
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.८ स्थित एउटा गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
भैँसीलाई लामखुटेबाट बचाउन बालिएको घुरबाट आगलागी भएको ईलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ । राति भएको आगलागीबाट ४ वटा भैसी र घर बनाउनका राखिएको ६ सय क्युफिटको सालकोे काठ जलेर नष्ट भएको पिडित लाल बहादुर सहनीले जानकारी दिनुभयो ।
गोठबाट भैँसी खोलेर भगाउन लाग्दा पीडित सहनीको हात सामान्य जलेको छ ।
आगलागीबाट करिब ६ लाख बराबरको क्षति भएको हुनसक्ने वडा सदस्य तरुण सहनीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्