अछामको विकट क्षेत्र रामारोशनमा अस्थायी प्रहरी पोष्ट स्थापना
अछाम । जनतालाई शान्ति सुरक्षा प्रत्याभूत गर्ने सरकारको लक्ष्य अनुसार अछाम जिल्लाको विकट क्षेत्र रामारोशनमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
रामारोशन गाउँपालिका वडा नम्बर ५ चौतारामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो ।
जिल्लाबाट धेरै टाढा रहेको क्षेत्रमा अस्थायी प्रहरी पोष्ट स्थापना गर्न सफल भएकोमा गाउपालिका तथा वडा बासिमा धन्यवाद ज्ञापन गर्दै अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले प्रहरीलाई समेत हरेक नागरिकको साथको आवश्यकता भएकाले सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो ।
सबै जनतालाई शान्ति सुरक्षाको अनुभूति गराउनु राज्यको दायित्व भएको र अस्थायी प्रहरी पोष्ट स्थापनाका लागि स्वीकृति आएपछि प्रहरी पोष्ट स्थापना गरिएको उहाँले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष झंकर बहादुर साउदले सबैभन्दा धेरै जनसंख्या तथा मुजाबगरबाट टाढाको क्षेत्र रामारोशन ५ सुरक्षा संयन्त्रमा जोडिएकोमा खुसी व्यक्त गर्नु भयो । शान्ति सुरक्षा, बिसंगती विकृती अन्त्यका लागि ५ नम्बरमा प्रहरी पोष्ट आवश्यकता रहेकाले लामो समयदेखिको प्रयास सफल भएको बताउनु भयो ।
आगामी दिनमा जनताको नजिकै प्रहरी भएपछी अबैध घरेलु मदिरा नियन्त्रण, महिला हिँसा जस्ता अपराध नियन्त्रण हुने बिश्वास व्यक्त गर्नु भयो ।
प्रहरी नायव उपरिक्षक डिएसपि योगेन्द्र सिह थापाले जिल्लाको आवश्यकता अनुसार जिल्ला सुरक्षा समितिको सिफारिसमा रामारोशन ५ मा प्रहरी चौकी स्थापना भएको भन्दै नागरिक पनि बिना बर्दीका प्रहरी भएकाले सहयोग गर्न आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्