प्रदेश सरकारद्वारा पहिरो पिडित परिवारलाई राहत प्रदान

स्याङ्जा । वालिङ– १४ तमादी पहिरो पिडित परिवारलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ ।
शनिबार तमादीमा पुगेर गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले पहिरो पिडित परिवारलाई साढे ४ लाख प्रदान गर्नुभएको हो ।
यही अशोज ८ गते माया नेपालीको घरमाथिबाट आएको पहिराले घर पुर्दा एकै परिवारका नौ जनाको मत्यु भएको थियो । पहिरोका कारण मायासहितका उनका परिवार नौ जनाको मृत्यु भएको थियो । प्रदेश सरकारले प्रति मृतक ५० हजारका दरले साढे ४ लाख रकम प्रदान गरेको हो ।
रकम हस्तान्तरण गर्दै मन्त्री चुमानले प्राकृतिक विपत्तिका कारण गण्डकी प्रदेशमा ठुलो जनधनको क्षति भएको भन्दै स्याङ्जामा पनि पहिरोका कारण ठुलो क्षति भएको बताउनुभयो । पहिरोका कारण घरविहिन भएका नागरिकलाई सरकारले घर निर्माणमा सहयोग गर्ने मन्त्री चुमानको भनाई थियो ।
मन्त्री चुमानले भन्नुभयो, ‘प्रदेश सरकारले प्राकृतिक विपत्तिका कारण घरविहिन भएकालाई घर निर्माणका लागी आर्थिक सहयोग गर्नेछ । कार्यविधि बनाएर आर्थिक सहयोग गर्नेछ । हाललाई प्रतिमृतक ५० हजारका दरले प्रदेश सरकारले यो रकम प्रदान गरेको हो ।’
गण्डकी प्रदेशका विधायन समिति सभापति मोहन रेग्मीले स्याङ्जामा वर्षातका कारण धेरै क्षति बेर्होनुपरेको भन्दै पिडित तथा विस्थापितको उचित स्थानान्तरणका लागी तिनै सरकार लागिपरेको बताउनुभयो ।
त्यस्तै वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खांणले घरविहिन परिवारलाई नगरपालिकाले जग्गाको खोजी गरिरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्