तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

राजविराज । सप्तरीमा थप एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोना सङ्क्रमित मृतकको संख्या तीन महिलासहित २० पुगेको छ ।

कोरोना सङ्क्रमणबाट डाक्नेश्वरी नगरपालिका वार्ड नम्बर ७ ललितपुर निवासी ६५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

कोरोना सङ्क्रमित पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएकी उनलाई आइतबारै बिहान स्वासप्रश्वास समस्या देखिएपछि राजविराजस्थित छिन्नमस्ता अस्पताल पुर्याएको केही क्षणमै मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमूख दुनियालाल यादबले जाकारी दिनुभयो ।

मृतक महिलाको शब कोशी ब्यारेजस्थित कोशी नदीमा व्यवस्थापन गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button