तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वराज्य मन्त्री कुवँर र नगरप्रमुख सेजुवाललाई कोरोना संक्रमण

जुम्ला – पूर्वराज्य मन्त्री तथा नेकपा नेता गोमा कुवँर र चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाललाई कोरोना संक्रमण देखिएको छ ।

पुर्वराज्य मन्त्री कुवँर र नगरप्रमुख सेजुवालको शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा शनिबार दुवै जनालाई कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ ।

पूर्वराज्य मन्त्री कुवँरले भन्नुभयो,“उच्च ज्वरो आउदा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । हाल स्वास्थ्यमा अन्य कुनै समस्या छैन् । स्वास्थ्य अबस्था सामान्यनै रहेको छ ।” प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई तत्काल पिसिआर जाँच गर्न होम आइसोलेसनमा बस्न आग्रह गर्नुभएको छ ।

यता चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालका अनुसार कोरोना संक्रमण देखिए पनि अहिले कुनै पनि लक्ष्यण नदेखिएको छैन । संक्रमणबाट छिटै मुक्त भएर नागरिकका दैनिक काममा फर्किने विश्वास लिएको उहाँले बताउनुभयो । ‘नागरिकहरुकै सेवामा खटिने क्रममा संक्रमित भएको पत्तो पाईन् । आफ्नो ज्यानको प्रवाह नगरेर पनि नागरिकलाई बचाउने उहाँको प्रतिबद्धता छ ।’

यसअघि कर्णाली प्रदेश सांसद दिनवन्धु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, उद्योग बाणिज्य संघ जुम्ला अध्यक्ष रजवअलि मनियार, क्षेत्रिय होटल व्यवसायी संघका दिलबहादुर महत, शिक्षिक भगवति श्रेष्ठ, नेकपा युवा नेता जीवन बढ्थापा, हातोमालो जुम्ला निर्देशक टेक रावतलाई कोरोना संक्रमण भएको थियो । उनीहरु सवै जना कोरोना सक्रमणबाट मुक्त भईसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button