तपाईँ सुन्दै हुनुहुन्छः

यो साता नेप्से परिसूचकमा साँढे १८ अंकको वृद्धि

काठमाडौं । यो साता नेप्से परिसूचक साँढे १८ अंकले बढेको छ ।

गत साताको अन्तिम कारोबार दिन १५७१.०४ विन्दुमा बन्द भएको नेप्से यस साता १८.५९ अंकले बढेर १५८९.६३ विन्दुमा बन्द भएको छ ।

नेप्सेसँगै यस साता कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ ।

गत साता ११ अर्ब ४२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस साता १४ अर्ब ६४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

यस साताको कारोबार रकम गत साताको तुलनामा २८.२७ प्रतिशत बढी हो ।

यस साता हाइड्रोपावर उपसमूहको परिसूचक सर्वाधिक ८.५४ प्रतिशत बढेको छ । त्यसैगरी, फाइनान्स उपसमूहको परिसूचक ७.५२ प्रतिशत बढेको छ । अंकका आधारमा भने यस साता विकास बैंक उपसमूह सबैभन्दा बढी बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button