तपाईँ सुन्दै हुनुहुन्छः

सांसद चौधरीमा कोरोना सङ्क्रमणसँगै निमोनिया समेत देखिएपछि आइसियुमा

फाइल तस्बिर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीमा निमोनियाको समेत लक्षण देखिएपछि थप उपचारका लागि आइसियुमा सारिएको छ ।

सचेतक चौधरी यही असोज १९ गते लक्षण सहित कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि विर अस्पतालमा भर्ना हुनुभएको थियो ।

स्वास्थ्यमा थप समस्या आएपछि गएको रातीदेखि आइसियुमा राखेर उपचार भईरहेको उहाँका स्वाकीय सचिव सन्तोष दहितले जानकारी दिनुभयो ।

चौधरीमा गत साल डेंगुको सङ्क्रमण भएको थियो भने त्यस समयदेखि दमको समेत समस्या देखिएको थियो ।

यसैगरी क्यान्सरको समेत उपचार गराइरहनुभएकी चौधरीको स्वास्थ्य अवस्था शुक्रबारदेखि स्थिर रहेको स्वकीय सचिव दहितले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button