तपाईँ सुन्दै हुनुहुन्छः

बजार अनुगमनमा तीव्रता 

सप्तरी । चाँड पर्व नजिकिदै गर्दा सप्तरीमा जिल्ला बजार अनुगमन समितिले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

अनुगमनका क्रममा व्यवसायीहरुले म्याद नाघेका, मुल्यसूची नराखी बिक्री गर्ने गरेको, उपभोक्तालाई बिल दिने व्यवस्था नभएको र उपभोग्य वस्तुहरुको कालोबजारी गरी विक्री वितरण गर्ने गरेको पाइएको छ ।

कोरोना महामारीका बेला पनि स्वास्थ्य सतर्कता विना नै व्यवसायीहरुले सरसमानहरु विक्री गरिरहेको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिनुभएको छ ।

अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तुलाई तत्काल नष्ट गरिएको र अब अनुगमनले निरन्तरता पाउने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button