अस्पतालका कर्मचारी र नर्ससहित ७ जनामा कोरोना संक्रमण
तनहुँ । तनहुँमा ७ जना कोरोना संक्रमित थपिएका छन ।
जिल्लाको जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रका ३ जना, ऋषिङ गाउँपालिकामा ३ जना र व्यास नगरपालिकामा १ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रका २७ वर्षीय पुरुष र २३, २९ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । त्यस्तै ऋषिङ–२ का २० वर्षिय पुरुष र ऋषिङ–४ का २१ र ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै व्यास नगरपालिका–४ का ७२ वर्षीय वृद्ध पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
२३ वर्षीया महिला जिपी कोईराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रमा कार्यरत स्टाफ नर्स हुनुहुन्छ । त्यस्तै २९ वर्षीय महिला र २७ वर्षीय पुरुष सोही अस्पतालका प्रशासनमा कार्यरत कर्मचारी हुनुहुन्छ ।
अन्य ३ जना संक्रमित भारत, कतार र साउदीबाट आउनुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्