निरीक्षकसहित ५ प्रहरीमा कोरोना संक्रमण
बैतडी । प्रहरी निरीक्षकसहित जिल्ला प्रहरी कार्यालयमा कार्यरत ५ प्रहरीमा कोरोना पुष्टि भएको छ ।
जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
कोरोना पुष्टि हुनेमा एक प्रहरी निरीक्षक, एक प्रहरी नायव निरीक्षक, एक प्रहरी सहायक निरीक्षक, एकजना हवल्दार र एकजना जवान रहेका उहाँले बताउनुभयो । संक्रमण पुष्टि भएका सबै हाल क्वारेन्टाइनमा रहेका र आइसोलेट गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्