तपाईँ सुन्दै हुनुहुन्छः

पोखरीमा भारतीय वृद्धको शव फेला

कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकामा एक जना भारतीयको शव पोखरीमा बेवारिसे अवस्थामा फेला परेको छ।

भारतको बढनी घर भएको बर्ष ६५ का नन्द कुंवारको सब कृष्णनगर नगरपालिका ८ दयानगर गाउंको नजिक रहेको पोखरीमा बेवारिसे अवस्थामा फेला परेको इलाका बहादुरगंजले जनाएको छ। शुक्रवार दिउंसो २ बजे स्थानीयहरुले पानीमा शव तैरिदै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शरीर सुनिएकोले एकहप्ता पहिलाको शव हुन सक्ने भन्दै प्रारम्भिक परीक्षणका लागि शिवराज अस्पतालमा शव पठाइएको प्रहरी नायव निरीक्षक धर्मराज भण्डारीले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button