झोलुङ्गे पुलले ल्याएको खुसी

रोल्पा । रोल्पा नगरपालिका वडा नम्बर ५ जेदबाङको बाजबाङमा ९बाजाबाङ रामावडार० बनेको झोलुङ्गे पुलले यहाँका दुई गाउँका स्थानीयहरूको जनजीवनमा परिवर्तन ल्याएको छ ।
पुल निर्माण नहुँदा निकै कठिन परिस्थितिमा रहेका स्थानीयहरू पुल निर्माण भएसँगै वारपार गर्न निकै सहज भएकोले औधी खुसी छन्। ‘शरीरमा बल नभएकाहरू तथा स–साना स्कुले नानीहरूको हैरानी त सकियो सकियो हाम्रो दैनिकीमै परिवर्तन ल्यायो’ स्थानीयहरूले भने ।
प्रत्येक हिउँदको समयमा माडी खोलाको पानीको बहाव घट्दा काठको पुल बनाउनु र प्रत्येक बर्षायाममा बगाएको त्यो पुल हेरेर दिक्क हुनु स्थानीयहरूको नियति थियो । ‘अब बर्षैदेखिको सास्ती सकियो’ स्थानीयहरूले भने ।
रोल्पा नगरपालिकाको आर्थिक सहयोग, विकास सरोकार समाज डिकोस रोल्पाको प्राविधिक तथा सामाजिक सहयोगमा पुल निर्माण भएको हो । कुल ४४ लाख लागतमा बनेको पुलको लम्बाइ १०३।५० मिटर छ ।
नगर प्रमुख पुर्ण केसीले शुक्रवार रिबन काटेर उद्घाटन गर्नुभयो । पुल बनेसँगै स्थानीयहरूलाई खेतीपाती,घाँस दाउरा गर्न, बिरामी हुँदा सहयोग गर्न त सजिलो बनेकै छ प्रशासनिक कामकाजको लागि सदरमुकाम लिबाङ आवत/जावत गर्न साथै बिहे,न्वारन,पुजाँपाठमा सहभागी हुन हिउदयाम कुर्नुपर्ने बाध्यता हटेको स्थानीयहरूले बताए ।








प्रतिक्रिया राख्नुहोस्