तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीका प्रहरी डिएसपीमा कोरोना संक्रमण

सप्तरी । एक हप्ताअघि सप्तरी प्रहरीको डिएसपीका रुपमा आउनुभएका भुवनेश्वर साहमा कोरोना संक्रमण भएको छ ।

आफै आशंकाको भरमा हिजो राजविराज गजेन्द्रनरायण सिंह अस्पताल गएर स्वाब परिक्षण गर्नुभएका डिएसपी साहको रिर्पोट आज पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

पोजेटिभ भएपछि साह कार्यालयको कार्यकक्षमा नै आसोलेट भइ बस्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button