तपाईँ सुन्दै हुनुहुन्छः

आइसोलेसन सेन्टरमा पनि उपचार प्रबन्ध मिलाउने तयारी

विराटनगर । प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले आइसोलेसन सेंन्टरहरुमा आइसियु तथा अक्सिजन प्लान्ट सहितको सेवा विस्तार गर्ने तयारीमा प्रदेश सरकार रहेको बताउनु भएको छ ।

विराटनगर–१२ मा आजदेखि सञ्चालनमा आएको कोभिड–१९ आइसोलेसन सेन्टरको शुभारम्भ गर्नुहुर्दै उहाँले कोभिड संक्रमितको उपचारका लागी कोभिड अस्पतालहरुले मात्र धान्न नसक्ने भएकाले आइसोलेसन केन्द्रमा स्वास्थ्य उपचार सहितको थप प्रबन्ध मिलाउन लागेको बताउनुभयो ।

उहाँले विराटनगरमा एक हजार बेडको आइसोलेसन बनाउने घोषणा प्रदेश सरकारले गरिसकेको भन्दै त्यसका लागी निजि क्षेत्र तथा संघसंस्थाहरुको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

कोभिड महामारी नियन्त्रण एंव रोकथामका लागी तिनैतहको सरकारले हरसम्भव प्रयास गरिरहेको भन्दै सबैले आत्मविश्वासका साथ अघि बढ्ने हो भने कोरोनालाई चाँडै पराजित गर्न सकिने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री राईले आगामी दिनहरुमा नेपालीहरुको महान चाडहरु आउन लागेको भन्दै स्वास्थ्य सावधानी अपनाउन सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button