नेपाली काँग्रेसका नेता एवं पूर्व केन्द्रीय कोषाध्यक्ष प्रसाँईको निधन

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्व केन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाँई (खनुपरुदे प्रकाहा) को आज निधन भएको छ ।
स्वर्गीय प्रसाँईमा कोरोना पोजेटिभ देखिएको थियो । विगत ९ दिनदेखि ओम अस्पतालमा उपचार गराइरहनुभएका प्रसाँईको आज दिउँसो निधन भएको उहाँका कान्छा छोरा डा. गिसुप प्रसाँईले जानकारी दिनुभयो ।
गान्धीवादी नेताका रुपमा चिनिनुहुने स्वर्गीय प्रसाँईले नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा २०२६ सालदेखि ३३ सालसम्म निर्वासित जीवन बिताउनुभएको थियो ।
स्वर्गीय प्रसाँईले ६ वर्षभन्दा बढी जेल जीवन बिताउनुभएको थियो । विक्रम सम्वत् १९७८ सालमा हाङ्गपाङ्गमा जन्मनुभएका प्रसाँईका तीन छोरा र दुई छोरी हुनुहुन्छ ।
उहाँको आजै अन्त्येष्टि गरिने छ ।








प्रतिक्रिया राख्नुहोस्