उपत्यकामा थप एक हजार चार सय नौ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । उपत्यकामा आज एक हजार चार सय नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप एक हजार चार सय नौ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित हुनेहरुमा काठमाडौँमा, एक हजार एक सय १६ जना, ललितपुरमा एक सय ६३ जना र भक्तपुरमा एक सय ३० जना गरी आज उपत्यकामा थप एक हजार चार सय नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
त्यसैगरी आज देशभर सात सय ३२ जना महिला र एक हजार तीन सय २७ जना पुरुष गरी दुई हजार ५९ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख छ सय ७६ पुगेको छ ।
त्यस्तै आज देशभर आज एक हजार छ सय ८० जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या ७३ हजार २३ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो ।












प्रतिक्रिया राख्नुहोस्