तपाईँ सुन्दै हुनुहुन्छः

अतिसबाजी (पटका)सहित दई जना पक्राउ

सुनसरी । भारतबाट अवैध रुपमा लुकाइछिपाई ल्याउँदै गरेको अतिसबाजी पटकासहित सुनसरीको इटहरी–५ बाट दुई जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सुनसरी श्रीपुरका १९ बर्षीय आलम मिया र सोही स्थानका २७ बर्षीय समिर मिया रहेका छन ।इटहरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बिहिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

राजमार्ग किनारमा पटका बोरा तथा कार्टुनमा लुकाई छिपाई राखेर सप्लाईका लागि मौका छोपी बसिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

नियन्त्रणसँगै बोरा तथा कार्टुन खोलेर हेर्दा SRIVIJAI-COBRA–६७ बण्डल पटका फेला पारी बरामद गरिएको छ । यसरी पटकासहित पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button