तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

नेपालगन्ज । कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्वोजीकी ८५ बर्षीया महिलाको भेरी अस्पताल नेपालगन्जमा गएराति मृत्यु भएको हो ।

श्वासप्रश्वासको समस्या भएपछि अस्पताल भर्ना भएकी उनको कोभिडको आंशकामा हिजो स्वाव संकलन गरिएको थियो । तर, उनको उपचारकै क्रममा गएराति ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी लामो समयदेखि दमको विरामी भएको अस्पतालले जनाएको छ । यो सँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button