तपाईँ सुन्दै हुनुहुन्छः

साँखु–फट्केश्वर सडकखण्ड स्तरोन्नतीको शिलान्यास

सिन्धुपाल्चोक । काठमाडौंबाट साँखु हुँदै मेलम्ची जोड्ने मनमोहन मार्गको शिलान्यास भएको छ । पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले आज एक समारोहका बीच काठमाडौं र सिन्धुपाल्चाकको सिमाना नाङलेभारेमा सो सडकको शिलान्यास गर्नुभएको हो ।

मेलम्चीबाट बाहुनेपाटी, फट्केश्वर हुँदै साँखुबाट जाँदा छोटो दुरीमा नै काठमाण्डौ पुग्न सकिने हुँदा धेरै मेलम्ची भेगका स्थानीयले यही बाटो प्रयोग गर्दै आएका छन् । लामो समयसम्म मर्मत नहुँदा यो सडक जिर्ण भई दुर्घटनाको जोखिम बढेको थियो । सडक स्तरोन्नती भएपछि दुर्घटनामा कमि आउने अपेक्षा गरिएको छ भने सो मार्ग प्रयोग गर्दा लाग्ने समयमा पनि कमी आउनेछ ।

मनमोहन अधिकारीको निर्बाचित क्षेत्र पनि रहेकाले मनमोहन मार्गको अवधारणा बिकास गरिएको हो । सिन्धुपाल्चोकको पश्चिमी भेगको प्रबेशद्वार रहेको र साँखु फड्केश्वर बाहुनेपाटी सडक स्तरउन्नति हुँदा सिन्धु बासिलाई प्रत्यक्ष लाभ हुनेछ ।

कार्यक्रममा पुर्ब प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधब कुमार नेपालले विकास निर्माणको सन्दर्भमा विभिन्न देशले एक बर्ष भित्रै विभिन्न काम गरिरहेको देखिएको तर चाबहिल सांखु सडक पटक पटक मन्त्री सहित लाग्दा पनि ठिलासुस्ती भएकोमा चिन्ता व्यक्त गनुभएको थियो ।

सडक शिलान्यास कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक २ का सांसद शेरबहादुर तामाङ, प्रदेश सांसद मणिराम फुंयाल, मेलम्ची नगरपालिका प्रमुख डम्बरबहादुर अर्याल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button