धनुषामा कोरोना संक्रमणका कारणले वृद्धको मृत्यु

जनकपुरधाम । धनुषामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । गए राती प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा ७० वर्षीय बृद्धको मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ ।
कोरोनाबाट मृत्यु हुनेमा धनुषाको शहीदनगर नगरपालिका वडा नं १ का वर्ष ७० का वृद्ध रहेकोे प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिनु भयो ।
मृतक बृद्धलाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समेत समस्या भएपछि असोज २० गते अस्पतालमा भर्ना भएका थिए । सोही दिन पीसीआर परीक्षण गर्दा बुधबार दिउँसो उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
मुटुका रोगी समेत रहेका उपचारकै क्रममा गए राति मृत्यु भएको निमित्त निर्देशक झाले जानकारी दिनु भएको छ । पछिल्लो पटक मृत्यु भएका बृद्ध संगै धनुषामा मृतकको संख्या १८ पुगेको छ भने प्रदेशमा मृतकको संख्या १ सय ४४ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्